रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
मंगलबार उनीहरू दुवैले सहमहामन्त्री पदमा आकांक्षा रहेको र सहमहामन्त्री पदमा उम्मेदवारी दिने आज घोषणा गरेका हुन्।
रास्वपा बन्द सत्र दिउँसो सुरू हुने बताएतापनि अहिलेसम्म सुरू भएको छैन। बन्द सत्र सकिएपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ।
रास्वपामा ५ जना सहमहामन्त्री रहने व्यवस्था छ। तीमध्ये २ जना मनोनीत गर्ने व्यवस्था छ।
रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा आइतबारदेखि सुरू भएको छ।




प्रतिक्रिया