काठमाडौं – महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुर सिंहले १ वर्ष उमेर घटाएर जागिर खाएको पाइएको छ ।
उनले वास्तविक जन्ममिती २०३२ माघ १२ गतेलाई घटाएर २०३३ माघ १२ बनाएर जागिर खाएका हुन् । सिंहले २६ वर्षको उमेरमा सेवा प्रवेश गरेका थिए । उनी सेवा प्रवेश गर्दा इन्स्पेक्टर थिए । जबकी इन्स्पेक्टरमा प्रवेश गर्न २५ वर्ष उमेर ताेकिएकाे छ ।
जन्ममिती सच्याएको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।
नागरिकता सच्याएको विषयमा आवश्यक सोधपुछका लागि महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्रचार गर्दै अख्तियारले डीएसपी सिंहलाई उपस्थित गराउन निर्देशन दिएको हो ।
सिंह आर्थिक अनियमिततामा मुछिँदै आएका डिएसपी हुन् । अख्तियारले उनलाई बयानका लागि पुस १७ गते बोलाएको छ ।
यसअघि घुससहित ललितपुरबाट पक्राउ परेका सिंहले विशेष अदालतबाट सफाइ पाइसकेका छन् ।




प्रतिक्रिया