काठमाण्डु – भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल आउने भएका छन् ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा विशेष उपस्थितका रूपमा सिप्पी नेपाल आउन लागेका हुन् ।
निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो।
निफमा सहभागी हुने निर्देशक सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ प्रस्तुत गर्ने अध्यक्ष पाठकले बताए ।
सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन्। बलिउडमा कोसेढुंगाका रूपमा साबित भएको फिल्म शोले’को उनकै निर्देशनमा बनेको हो।
पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो। उनी दर्जनौं फिल्मको निर्माता र केही फिल्ममा कलाकार बनेकासमेत छन्।
नवौं संस्करणको निफ चैत १९ बाट काठमाण्डुमा हुँदैछ। निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरकफरक विषयमा १० अन्तर्क्रियात्मक कार्यक्रम गरिनेछ।




प्रतिक्रिया