काठमाण्डु– अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरेका छन्। अर्थममन्त्री खनालले मंगलबार आफ्नो कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयमा बुझाएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूले अर्थमन्त्रीका रुपमा पाएको कूटनीतिक राहदानी फिर्ता गरेको बताएका छन्।
उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पठाएको पत्रमा भनेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं. डीए ०००२७१० को प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु।’




प्रतिक्रिया