अर्थमन्त्रीमा नियुक्त खनालले पीएसओ र गाडी सुविधा नलिने

अर्थमन्त्रीमा नियुक्त खनालले पीएसओ र गाडी सुविधा नलिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तरिम सरकारको अर्थमन्त्रीमा नियुक्त डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।

उनले निजी सुरक्षागार्ड (पीएसओ), सरकारी गाडीसहितका सुविधा नलिने घोषणा गरेका हुन् ।

प्रधामनन्त्री कार्यालयका एक कर्मचारीका अनुसार खनालले यहि शर्तमा आधारमा मन्त्री बन्न तयार भएका हुन् । तर उनले मन्त्री भए वापत पाउने तलब भने लिनेछन् ।

‘बाहेक अरु केही पनि सुविधा लिँदिनँ, पीएसओ र गाडी चाहिँदैन, नामका अगाडि माननीय पनि लेख्न पाइँदैन भन्ने शर्त खनालको छ’, ती कर्मचारीले बताए ।

खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।

खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्व पनि गरेका थिए । सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल पूर्वसचिव पनि हुन् ।