भौतिकमन्त्री रामेश्वर फुयाँलले लिए पद तथा गोपनीयताको सपथ

भौतिकमन्त्री रामेश्वर फुयाँलले लिए पद तथा गोपनीयताको सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त रामेश्वर फुयाँलले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले उनलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

यसअघि मंगलबार उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा नियुक्त गरेका थिए ।

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैंले सम्हाल्दै आएका थिए ।