उड्डयन प्राधिकरणले गर्‍यो अध्यक्ष थापालाई १० हजार जरिवाना

उड्डयन प्राधिकरणले गर्‍यो अध्यक्ष थापालाई १० हजार जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई १० हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष थापाले प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि जरिवाना तिराउने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

हवाई तथा उडान सुरक्षा प्रभावित बनाउने गरी अभिव्यक्ति दिएको तथा समाचार सामग्री छपाएको भन्दै सिम्रिक एयरका सञ्चालक समेत रहेका अध्यक्ष थापालाई प्राधिकरणले स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरणको जवाफ नदिएपछि जरिवानाको निर्णय गरिएको छ ।