गृहसचिवको जिम्मेवारी दंगाललाई

गृहसचिवको जिम्मेवारी दंगाललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।

यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारी थिए ।

यता दुवाडीलाई भने जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागेको छ । दुवाडीलाई योजना आयोगको सचिवालयमा जिम्मेवारी तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो ।