सुन तस्करीबारे सुशासन समितिमा छलफल गर्छु : सभापति खतिवडा

सुन तस्करीबारे सुशासन समितिमा छलफल गर्छु : सभापति खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरण लगायतका सबै विषयमा समितिमा छलफल गर्ने बताएका छन् ।

सभापति निर्वाचित भएपछि प्रतिक्रिया दिँदै खतिवडाले समितिमा पक्ष/विपक्ष र बहुमत/अल्ममत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने बताए ।

‘यो समिति सरकार विरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन । समिति समितिका रूपमा अगाडि बढ्छ । सुनकाण्ड लगायतका सबै विषयमा छलफल हुन्छ । आजै प्रधानमन्त्री, गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छ ? यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ,’ उनले भने, ‘वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्त्वपूर्ण समिति रहेछ भनेर काम गर्नसक्यौं भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ ।’