नेशनल मेडिकल कलेजको बदमासीः रामजीसहित चार जना विद्यार्थीले फारम भर्न पाएनन्

नेशनल मेडिकल कलेजको बदमासीः रामजीसहित चार जना विद्यार्थीले फारम भर्न पाएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले ४ जना विद्यार्थीहरुलाई परीक्षा दिनबाट वञ्चित गरेको छ ।

एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत रामजी राम र पंकज राम, चौथो वर्षमा अध्ययनरत रूकेशकुमार राम र प्रमोदकुमार रामलाई नेशनल मेडिकल कलेजले परीक्षा फारम भर्न नदिएको हो ।

चिकित्सा शिक्षा आयोगको नियम विपरीत रामजीसँग कलेजले होस्टल खर्च, परीक्षा शुल्क र रजिष्ट्रेशन शुल्क गरी १ लाख ८५ हजार रुपैयाँ मागेको छ । तर, रामजी राम होस्टल नै बस्दैनन् ।

चिकित्सा शिक्षा आयोगको दबाबपछि मंगलबार फारम भर्न भन्दै कलेजले चारै जनालाई बोलाएको थियो । तर, उनीहरुलाई अतिरिक्त शुल्क माग्दै परीक्षा फारम भर्न रोकेको हो ।

रामजी र पंकज रामको परीक्षा यही साउन १० गतेदेखि हुन्छ । उनीहरूको फारम भर्ने अन्तिम मिति हिजो मंगलबार थियो । रूकेश र प्रमोदको परीक्षा रूटिन भने सार्वजनिक भइसकेको छैन् ।

चारै जनालाई विभिन्न शीर्षकमा शुल्क माग्दै नेशनल मेडिकल कलेजले उक्त रकम नबुझाएसम्म परीक्षा फारम भर्न नदिएको हो ।

चिकित्सा शिक्षा आयोगले नै छात्रवृतिमा पढिरहेका विद्यार्थीबाट कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने भनिसकेको छ । तर, कलेजले अटेर गर्दै व्धिार्थीको परीक्षा रोकेको छ । यसअघि कलेज सञ्चालक बसरूद्दिन अन्सारीले विद्यार्थीलाई परीक्षा फारम भर्न दिने बताएका थिए ।