रामजीलाई भोलिको परीक्षामा सहभागी गराउन आइओएमको निर्देशन

रामजीलाई भोलिको परीक्षामा सहभागी गराउन आइओएमको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्स्चिच्युट अफ मेडिसिन (आइओएम) ले एमबिबिएस चौथो वर्षको भोलि हुने परीक्षामा रामजी रामलाई सामेल गराउन निर्देशन दिएको छ ।

मंगलबार बसेको आइओएमको बैठकले वीरगन्जस्थित नेसनल मेडिकल कलेजलाई भोलि हुने परीक्षा र बाँकी परीक्षामा रामजीलाई सामेल गराउने व्यवस्था मिलाउन कडा निर्देशन दिएको हो ।

रामजीलाई भोलि हुने परीक्षा र बाँकी परीक्षाहरूमा पनि सामेल गराउन भनेर कलेजलाई चिठी पठाइएको आइओएमका सहायक डिन डा. राजेन्द्र गुरागाईंले जानकारी दिए ।

गुरागाईंले भोलिको परीक्षामा पनि रामजीलाई सहभागी नगराइए कलेजलाई कारबाही गरिने चेतावनी दिएको बताए ।

गत सोमबार पनि कलेजलाई रामजीलाई परीक्षामा सामेल गराउन निर्देशन दिइए पनि कलेजले नमानेको भन्दै पुनः कडा निर्देशन दिएको हाे ।

सोमबारदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षा दिन गएका रामजीलाई कलेजले बक्यौता रकम नबुझाएको भनभ्दै परीक्षा हलभित्र छिरेको एक मिनेटमै निकालिदिएको थियो ।

तर रामजीले भने कलेजले आफूलाई अवैध शुल्क माग्दै परीक्षा दिनबाट बञ्चित गराएको बताएका छन् ।