पूर्व मन्त्री रामकुमारी झाँक्री युरोप, अमेरिका इन्चार्ज


काठमाण्डु – नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको कार्यविभाजन गर्दै सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीलाई प्रवासको जिम्मेवारी दिएको छ ।

झाँक्रीलाई पार्टीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिकाको ईन्चार्जको जिम्मेवारी तोकेको छ ।

भदौ ५–७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको सर्कुलर पठाउँदै अध्यक्ष माधवकुमार नेपालले जिम्मेवारी हेरफेरको जानकारी दिएका छन् ।

बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज तोकेको छ । जिल्ला/विशेष जिल्ला कमिटी तथा संघीय निर्वाचन क्षेत्रका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement