काठमाण्डु – नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले पार्टीको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालको भूमिकाप्रति असन्तुष्टि जनाएकी छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेत्री झाँक्रीले अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी र केन्द्रीय सदस्य छान्नै बाँकी रहेको अवस्थामा अध्यक्षमण्डलका अध्यक्ष खनालले महाधिवेशन प्रतिनिधिलाई घर जान भनेकोप्रति गुनासो गरेकी छन् ।
उनले लेखेकी छन्, ‘अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्यौं भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी, को सदस्य खोई त खनाल कमरेड ?’
महाधिवेशनबाट सबै पदाधिकारी र केन्द्रीय सदस्य चयन नहुँदै प्रतिनिधिलाई घर पठाएकोमा उनले गुनासो गरेकी छन् ।




प्रतिक्रिया