काठमाण्डु – नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहीन होइन, प्रभावकारी सदनको रूपमा स्थापित गर्ने बताएकी छन् ।
राष्ट्रियसभा निर्वाचनको उम्मेदवारमा चयन भएपछि उनले राष्ट्रियसभा प्रभावहीन सदन हो भन्ने बुझाइ रहेको भन्दै यसलाई प्रभावकारी बनाउने र संविधान स्थापित गर्ने काममा आफ्नो भूमिका रहने बताइन् ।
उनले भनिन्, ‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने हुन्छ र राष्ट्रियसभा प्रभावहीन सदन हो भन्ने होइन कि एकदमै प्रभावकारी थलो हो । यसले कतिपय महत्त्वपूर्ण कानूनमा पनि भूमिका निर्वाह गरेको हुन्छ । हाम्रो टीमले राष्ट्रिय सभाको सदस्यहरूले पनि प्रभावकारी काम गर्छन् भन्ने कुरा देखाउनुपर्छ । संविधान र पार्टी नीति सिद्धान्त स्थापित गर्नको लागि पनि मेरो भूमिका राष्ट्रिय सभामा हुनेछ ।’
राष्ट्रिय सभालाई विज्ञ र अनुभवीहरूको सभा भनेर मानिन्छ भने त्यसको नयाँ अभ्यासको सुरुवात पनि गर्नुपर्ने उनको भनाइ छ ।
दलीय व्यवस्थामा व्यक्तिको हिरोइजम होइन, पार्टीको विचार, सिद्धान्त र कार्यक्रमअनुसार काम गर्नुपर्ने भन्दै उनले पार्टीले दिएको जिम्मेवारलाई प्रभावकारी रूपमा निर्वाह गर्ने बताइन् ।




प्रतिक्रिया