राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान च्यातियो : रामकुमारी झाँक्री

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान च्यातियो : रामकुमारी झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको आरोप लगाएकी छन् । आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद विघटनविरुद्ध आयोजना गरेका बृहत अन्तरक्रियामा बोल्दै नेतृ झाँक्रीले सो आरोप लगाएकी हुन् ।

अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुसारापात भएको भन्दै उनले राज्यका निकायहरु बीचको जस्तै राष्ट्रपति र प्रधानमन्त्रीमा पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई विचार गरिनुपर्ने बताइन् ।