एमालेको विवाद समाधान हुँदै गर्दा झाँक्रीको टिप्पणी : जालझेलमा पर्नुहुन्न

एमालेको विवाद समाधान हुँदै गर्दा झाँक्रीको टिप्पणी : जालझेलमा पर्नुहुन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जालझेलमा पर्न नहुने बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले सर्वोच्च अदालतको फैसलापछि नयाँ सरकार गठन हुने बताएकी छन् । ओली पक्षका नेता सुवास नेम्वाङले साँझसम्म सहमतिको घोषणा गर्ने तयारी भएको बताउँदै गर्दा नेतृ झाँक्रीको यस्तो भनाई बाहिर आएको हो ।

‘लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो । हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ,’ उनले भनेकी छन्, ‘अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न ।’