मैले गरेको कामको परिणाम भविष्यमा पनि देखिँदै जानेछ : रामकुमारी झाँक्री

मैले गरेको कामको परिणाम भविष्यमा पनि देखिँदै जानेछ : रामकुमारी झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको बताएकी छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले मन्त्री हुँदा गरेको कामको परिणाम भविष्यमा पनि देखिँदै जाने बताएकी हुन् ।

‘यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरू सँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु । त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन् । मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपार्चर हो भन्नेमा दुई मत छैन’, उनले फेसबुकमा लेखेकी छन् ।

उनले करिब ८ महिनापछि आइतबार शहरी विकास मन्त्रालयबाट विदा लिएकी थिइन् ।