गुल्मी-२ बाट एमालेको विरासत तोड्ने रामकुमारीको घोषणा, आधा घण्टा नवित्दै किन गरिन् पोष्ट डिलिट ?

गुल्मी-२ बाट एमालेको विरासत तोड्ने रामकुमारीको घोषणा, आधा घण्टा नवित्दै किन गरिन् पोष्ट डिलिट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।

राजनीतिको अधिकांश समय काठमाण्डुमा बिताएकी झाक्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृह जिल्ला गुल्मीको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् । शहरी विकास मन्त्रीबाट बाहिरिएकी उनले एमालेको विरासत तोडेर देखाउने बताएकी छन् ।

उनलाई २०७० सालमा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले गुल्मीको साबिक १ नम्बर क्षेत्रमा उम्मेदवार बन्न आग्रह गर्दा पैसा नभएको भन्दै अस्वीकार गरेकी थिइन् । यसबीचमा उनी समानुपातिक सूचीमा परेर सांसद भएकी थिइन् ।

गुल्मी २ मा एमालेका सचिव गोकर्ण विष्टले २०५६ सालदेखि उम्मेदवार बनेर २०६४ बाहेक सबै निर्वाचन जितेका छन् । झाँक्रीले गुल्मीबाट चुनाव लड्ने सामाजिक सञ्जालमार्फत घोषणा गरेको उक्त पोस्ट आधा घण्टा नपुग्दै डिलिट गरेकी छन् । जबकी त्यस अवधिमा १३ सय भन्दा बढीले कमेन्ट गरिसकेका छन् ।