काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेकामा आपत्ति जनाएकी छन् ।
फेसबुकमार्फत उनले जसको पार्टी विभाजन हुने दुस्वप्न देखेर अध्यादेश ल्याएको भए पनि त्यो अपराध भएको टिप्पणी गरिन् ।
उनले भनेकी छिन् ‘कमरेड ! कानुनले पार्टी फुट्न र रोक्न दुवै सक्छ । जसको पार्टी विभाजन गर्ने दुस्वप्न देखेर अध्यादेश ल्याएको भएपनि त्यो अपराध हो । किनकी आज हामीलाई राजनीतिक एकता चाहिएको छ । विभाजन होइन ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन कुबुद्धी पलाएको भन्दै प्रश्न गरेकी छन् ।
उनले भनेकी छन्, ‘पार्टी बिभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउछ रे हो ? किन कुबुद्धी आएको ?’
सरकारले गरेको सिफारिसअनुसार सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी पनि गरेकी छन् ।




प्रतिक्रिया