काम नगर्ने सरकारलाई कोरोना महामारीको कारण देखाउन सजिलो भयोः सांसद झाँक्री

काम नगर्ने सरकारलाई कोरोना महामारीको कारण देखाउन सजिलो भयोः सांसद झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले मुलुकको अर्थतन्त्र अर्थमन्त्री डा. युवराज खतिवडाले चलाउन नसकेको टिप्पणी गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद भाँक्रीले अर्थतन्त्रका विज्ञ अर्थमन्त्री हुँदा पनि मुलुकको अर्थतन्त्रमा निराशामात्र हात लागेको बताइन् । उनले अर्थमन्त्रीले गर्ने कार्यशैली पुरानै भएको बताउँदै केही दशमलवमा हुने परिवर्तनलाई मात्र अर्थ मन्त्रालयले प्रगति मान्न नहुने बताइन् ।

काम नगर्ने सरकारलाई यस वर्ष प्रकृतिले बाहना बनाउने मौका दिएको भन्दै सांसद झाँक्रीले व्यंङ्ग्य गरिन् । ‘अहिले त काम नगर्नेलाई कोरोना महामारीको कारण देखाउन सजिलो भएको छ, यस्तै तरिकाले अर्थतन्त्र चलाउने हो भने विज्ञ अर्थमन्त्री किन चाहियो ?,’ उनले प्रश्न गरिन् ।

बजेट अनुशासनमा कुनै सुधार हुन सकेको, ठेक्का व्यवस्थापनका समस्या समेत सरकारले सुधार गर्न नसकेको सांसद झाँक्रीले उल्लेख गरिन् ।