चुनावको मुखमा योगेशलाई सम्झिंदै रामकुमारीले भनिन्- तपाईंको अभाव खड्कियो

चुनावको मुखमा योगेशलाई सम्झिंदै रामकुमारीले भनिन्- तपाईंको अभाव खड्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना पूर्वसहकर्मी एमाले नेता योगेश भट्टराईलाई सम्झेकी छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत योगेशलाई जन्मदिनको शुभकामना दिँदै नेतृ झाँक्रीले महत्वपूर्ण निर्णय लिने बेला उनको अभाव महसुस हुने बताएकी हुन्। उनले लेखेकी छन्, ‘Happy birthday to you Dai, Many many happy returns of a day ahead. आफैंले कुनै महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाई ।’

नेकपा एमाले विभाजन हुँदा झाक्री माधव नेपाल समूहको नेकपा एकीकृत समाजवादीमा समाहित भइन् भने योगेश एमालेमै बसेका थिए । हाल उनीहरू दुवै जना आ–आफ्ना पार्टीमा सचिव पदमा छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झाँक्री गृह जिल्ला गुल्मीबाट उम्मेदवारमा सिफारिस भएकी छन्। यही बेला उनले पूर्वसहकर्मी योगेश भट्टराईलाई सम्झेकी हुन्।