पैसा नभएका मान्छे पनि नेपाली हो, चाँडै उद्धार गरः रामनारायण बिडारी

पैसा नभएका मान्छे पनि नेपाली हो, चाँडै उद्धार गरः रामनारायण बिडारी


काठमाडौं – राष्ट्रिय सभासदस्य रामनारायण बिडारीले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश ल्याउन माग गरेका छन् ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले कोरोना भाइरसको महामारीले विदेशमा रोग र भोकले ग्रस्त रहेको बताए ।

‘उनीहरु स्वदेश आउन आतुर छन् तर, रकम छैन् । अभाव छ । भाडा तिर्ने पैसा छैन् । शरीर पनि जिर्ण भइसकेको छ’, उनले भने, ‘सरकारले प्रतिष्पर्धा गरेर विदेश गइयो अहिले यहाँ अलपत्र भइयो भन्छन् तिनिहरुलाई कसरी ल्याउने ? त्यो पैसा नभएका मान्छे पनि त नेपाली हो र यहाँ आउन पाउनुपर्यो नि ।’

त्यस्तै उनले दुव्र्यशनीमा फसेका युवाहरुको संरक्षण र रोकथाम कसरी भइरहेको छ भनेर गृह मन्त्रालयसँग जवाफ माग गरेका छन् ।