काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
लामो समयदेखि मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आईतबार १२:२० मा निधन भएको थियो ।
अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आईतबार मध्याह्नमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।
आयुर्वेदिक डाक्टर समेत रहेका रामनारायणलाई श्रद्धाञ्जलि दिन उच्च पदाधिकारीहरु आर्यघाट पुगेका थिए । ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता, प्रहरी प्रमुख दानबहादुर कार्की पशुपति पुगेका थिए ।
ललितपुरका मेयर चिरिबाबु महर्जन, नेता राजेन्द्र महतो लगायत आर्यघाट पुगेका थिए । कलाकार र सामाजिक अभियन्ताहरू पनि रामनारायणलाई श्रद्धाञ्जलि दिन आर्यघाट पुगेका थिए ।
रामनारायणका श्रीमती, २ छोरा र १ छोरी छन् । उनी अचानक अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा लगिएको थियो ।




प्रतिक्रिया