काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको ३ दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार अपराह्न स्वदेश फर्किएका छन् ।
उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्री शिशिर खनालले स्वागत गरे । सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी उपस्थित थिए ।
भ्रमणका क्रममा उपराष्ट्रपति यादवले बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग भेटवार्ता गरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गरेका थिए । उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी थिए ।




प्रतिक्रिया