काठमाण्डु–इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।
उनको ललितपुरको मेडिसिटी अस्पतालमा ९९ बर्षको उमेरमा मृत्यु भएको हो । प्रेसर लो भएर अस्पताल भर्ना भएका राणालाई आज मध्यान्न डाक्टरले मृत घोषणा गरेको परिवार स्रोतले जानकारी दियो ।
राणाले श्री ३ हरुको तथय वृत्तान्त-भाग ३ सम्म , कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृति लगायतका कितावहरु लेखेका छन् । राणाको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो ।
प्रतिक्रिया