काठमाडौं – मदन पुरस्कार २०७५ सालको लेखक योगेशराजको पुस्तक ‘रणहार’ले पाउने भएको छ। त्यस्तै जगदम्बाश्री पुरस्कार कवि काइँलालाई दिइने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो।
गुठीले वषभत्रि प्राप्त २ सय ५७ पुस्तकबाट ७ पुस्तक छनोट गरेको थियो।यिनै पुस्तकमध्ये छनोट गरेर ’रणहार’लाई प्रदान गर्न लागिएको गुठीका अध्यक्ष कुण्द दीक्षितले बताए। गुठीले हरेक वर्ष मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान प्रदान गर्दै आइरहेको छ। पुरस्कार राशी २ लाख रहेको छ।




प्रतिक्रिया