काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओली भारतसँग लिम्पियाधुराबारे कुरा गर्न डराएको आरोप लगाएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले शक्तिशाली प्रधानमन्त्री ओली छिमेकी मुलुकले गरेको अत्याचारमा मुकदर्शक बनेको आरोप लगाएकी छन् ।
‘सबैभन्दा शक्तिशाली प्रधानमन्त्री जंगबहादुरपछि केपी शर्मा ओली हुनुहुन्छ । यसमा दुई मत छैन । प्रधानमन्त्री भन्नुहुन्छ, समस्या पर्यो, त्यहाँ सरकार दौडिहाल्यो । चिनियाँले पुलिस कुट्दा, भारतले भूमि लुट्दा र सीमामा जनता चुटिँदा हाम्रा प्रधानमन्त्रीज्यू भारतको छोटे भइयालाई थाहा भएन रे । एक कल फोन गर्न भारतका बडे भइयासँग डराउनु हुन्छ ?,’ उनले भनिन् ।
उनले महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न नसक्ने हो भने प्रधानमन्त्रीलाई हात उठाउन आग्रह गरेकी छन् । ‘मान्छे मरेपछि कोरोना परीक्षण हुन्छ । देशलाई कहिलेसम्म आइसोलेसनमा राख्नुहुन्छ । यदि सक्नुहुन्न भने तपाईं हात उठाउनुहोस् ’, उनले भनिन् ।




प्रतिक्रिया