काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले महिला राष्ट्रपति उत्थान कार्यक्रम एउटा जिल्लामा तीस जना महिलालाई एउटा बाख्रा बितरण गरेर महिलाको उत्थान नहुने बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद शाहीले एउटा सुत्केरीको उद्धार गरेर सबै महिला बाँच्छन रे ! भन्दै व्यंग्य गरेकी छन् ।
‘सम्मननीय राष्ट्रपतिज्यूका पाउ दुखे भनेर नेपाली जनताले आफू भेकै बसेर भए पनि शीतल निवासदेखि एयरपोर्ट पुग्न लागि हेलिकोप्टर चढाएकै छन्’, उनले भनिन् , ‘१८ करोडका गाडी चढाएकै छन् । त्यतिले भएन रे तीन वर्ष अगाडि ओछ्याएका गलैचा राष्ट्रपतिज्यूका पाउमा फोहोर लाग्ने भए रे ! नयाँ करोडौं पर्ने गलैचा चाहियो रे राष्ट«पतिका पाउमा धुलो टाँसिदा पनि गाह्रो भयो रे । अझै पनि अलिकति माया लाग्दैन रे कठै हाम्रो हाम्रो जनताको राष्ट्रपति ।’
त्यस्तै उनले दिनदहाडै नेपाली महिलाहरु हत्या हिंसा बलात्कार सिकार हुँदा न्याय नपाइरहेको अवस्था भएको बताइन् ।
त्यस्तै उनले अर्थमन्त्री युवराज खतिवडा तीन पुस्ते सम्पति जोड्न लागि परेको आरोप लगाएकी छन् ।
‘जनताको चुलोमा आगो बलेको छैन् । व्यापारीहरुले आत्महत्याको बाटो खोज्दैछन् । अर्थमन्त्री विद्युतीय गाडीमा कमिसनको खेलजस्तो व्यापारीलाई कमाउन सजिलो छैन् । तपाईले तीन पुस्तालाई पुग्ने गरी भ्रष्टाचार गरे जनतालाई कर तिर्न सजिलो छैन् ।’
उनले कोरोनाले गर्दा मान्छेले मान्छे छुन नपाउने र आफ्नो अनुहार आफैं लुकाउनुपर्ने दिन आएको अवस्थामा अर्थमन्त्री तीन पुस्ते सम्पति जोड्न लागि परेको बताइन् ।
‘पैसा देखि डराउनुपर्ने दिन आइहाले अझै हाम्रो अर्थमन्त्री तीन पुस्ते सम्पति कमाउन पछि दौडिरहनु भएको छ । कठै जनतताको सरकार’, उनले भनिन् ।




प्रतिक्रिया