सांसद शाहीको प्रश्न : मन्त्रीज्यू, हुम्लामा मार्सी फलाउने योजना के छ ?

सांसद शाहीको प्रश्न : मन्त्रीज्यू, हुम्लामा मार्सी फलाउने योजना के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको कामप्रति असन्तुष्टी जनाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले हुम्लामा गएको सिंचाईको बजेट कार्यकर्ताको खल्तीमा गएको भन्दै उर्जामन्त्री वर्षमान पुनलाई प्रश्न गरिन् ।

‘हुम्लामा गएको सिँचाइको बजेट तपाईंका कार्यकर्ताको खल्तीमा गएको छ, जमिनमा सिँचाइ पुगिरहेको छैन,’ उनले भनिन्, ‘मार्सी फलाउन सकिएको छैन । किसानहरू ५ किलो चामलका लागि खाद्य संस्थानको गोदाममा लाइन लागेका छन् । मार्सी फलाउनका लागि के छ योजना, जान्न चाहन्छु ?’

सांसद शाहीको प्रश्नमा जवाफ दिँदै मन्त्री पुनले यो वर्षदेखि १ सय हेक्टरको समेत सिंचाई गर्न सक्नेगरी कार्यविधि निर्माण भएको बताए । उनले केही प्रस्ताव हुम्लाबाट सिफारिश भएर आएको बताउँदै यस वर्ष सर्भे गर्ने र अर्को वर्ष कार्यान्वयनमा जानेगरी काम गर्ने बताए ।

सांसद शाहीको मार्सी फलाउने योजनाको जवाफ दिँदै मन्त्री पुनले भने, ‘मार्सी फलाउने मन्त्रालय अलग्गै छ, हामी सिँचाइ र्पुयाउने काम मात्र गर्छौं ।’