काठमाण्डु – पूर्वडिआईजी रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ ।कोइरालाको मुद्दामा पुनरावलोकनका लागि सरकारले हालेको मुद्धाको पेसी आइतबारका लागि तोकिएको अदालत श्रोतले जानकारी दियो ।
हत्या आरोपमा जन्मकैदको सजाय भोगिरहेका कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन गर्न भन्दै सर्वोच्च अदालतमा मुद्धा हालेको हो । संवैधानिक व्यवस्था अनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन समेत बनेको छ ।
सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएको भन्दै काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
तर, जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्चले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।
।




प्रतिक्रिया