काठमाण्डु – श्रीमती हत्या आरोपमा जन्मकैदको सजाय पाएर कैद मिहनापछि छुटेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाविरुद्ध सरकारले दर्ता गरेको पुनरावलोकनको सुनुवाई आज हुँदैछ ।
गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशतेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिनामा रिहा गरेपछि सरकारले पुनरावलोकनका लागि सर्वोच्चमा मुद्धा दर्ता गराएको थियो ।
आइतबार उक्त मुद्दाको सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना, बमकुमार श्रेष्ठ र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो । सर्वोच्चले विवादास्पद फैसला गरेको भन्दै प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने आवाज उठिरहेको छ ।




प्रतिक्रिया