पूर्वडिआईजी कोइरालालाई जेलमुक्त गर्ने सर्वोच्चको फैसलाले न्याय मरेको अनुभूति भयोः शान्ता चौधरी

पूर्वडिआईजी कोइरालालाई जेलमुक्त गर्ने सर्वोच्चको फैसलाले न्याय मरेको अनुभूति भयोः शान्ता चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलकी सचेतक तथा सांसद शान्ता चौधरीले पूर्वडिआईजी रञ्जन कोइरालालाई छुट दिने सर्वोच्चको निर्णयले आम जनतामा अदालत प्रतिको विश्वासमा आघात पुगेको बताएकी छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत सांसद चौधरीले आफ्नै श्रीमतिको क्रुरतापूर्व हत्या गर्ने हत्यारालाई छुट दिने सर्वोच्चको निर्णयले आम जनतामा न्याय मरेको अनुभूति भएको बताएकी हुन् ।

उनले न्यायलाई मार्न नहुने भन्दै यस बिषयमा तत्काल छानबिन गरि सत्य तथ्य बाहिर ल्याई दोषीलाइ उचित कारबाही गर्न माग समेत गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘आफ्नो श्रीमतीको हत्या गर्ने हत्यारालाइ जेल सजाए छुट दिने सर्बोच्च आदलतको निर्णयले अपराधीहरुको मनोबल भढ्ने भयो आम जनताको अदालत प्रतिको विश्वासमा आघात पुगेको छ ।

जनतालाई न्याय मरेको अनुभूति भएको छ । यो बिषयमा तत्काल छानबिन गरि सत्य तथ्य बाहिर ल्याई दोषीलाइ उचित कारबाही गर्नुपर्छ ! न्याय मर्न दिनु हुँदैन ।’