काठमाण्डु – अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले रास्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेका छन ।
संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्न भृकुटिमण्डपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता तामाङले उक्त माग गरेका हुन् । संबिधानको संरक्षकको भुमीकामा रहेको रास्टपतिले पटक पटक केपी ओलीको असंबैधानिक कदममा साथ दिएर अपराध गरेको आरोप लगाए ।
उनले भने, ‘केपी ओलीको हरेक असंबैधानिक कदममा रबर स्टाम्पको भुमिका निभाएकोले संसदले रास्टपतिलाई महाअभियोग लगाउनुपर्छ । । अन्यथा बिध्यार्थीहरु महाअभियोगको माग सहित सडकमा जान्छ ।’ सर्वोच्चको फैसलापछि काठमाण्डुमा फैसलाको बिरोध र स्वागतमा छुट्टाछुट्टै पदर्शनहरु भएका थिए ।




प्रतिक्रिया