सरकारले निजी विद्यालयको भाषा बोल्नु हुदैन, कोरोना भाइरसलाई वेवास्था गर्दै स्कूल खोल्नु गलत: रञ्जित तामाङ

सरकारले निजी विद्यालयको भाषा बोल्नु हुदैन, कोरोना भाइरसलाई वेवास्था गर्दै स्कूल खोल्नु गलत: रञ्जित तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकार र निजी शैक्षिक संस्थाले विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आपत्ति जनाएको छ ।

अनेरास्ववियूले विश्वभरी महामारीको रुप लिइरहेको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन विद्यालय बन्द गर्न सरकारसँग माग गरेको थियो । तर, सरकार र विद्यालयहरुले कुनै चासो नदिएको भन्दै अनेरास्ववियूले आपत्ति जनाएको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सरकारले निजी शैक्षिक संस्थाको भाषा बोलेको भन्दै आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत सहसंयोजक तामाङले सरकारले भीडभाडमा नजानु भन्ने तर, ठूलो संख्यामा विद्यार्थी पठनपाठन गर्ने शैक्षिक संस्था निर्वाध रुपमा सञ्चालन हुनुले विद्यार्थीको स्वास्थ्यमाथि नै खेलवाड भएको बताए ।

सहसंयोजक तामाङले चीनसँग सीमाना नजोडिएका देशमा पनि कोरोना भाइरसले महामारीको रुप लिइरुहेको भन्दै नेपालमा संक्रमणबाट जोगिन सावधानीका उपाय अवलम्बन गरिरनुपर्ने बताएका छन् ।
उनले सरकराले यस्तो महामारीको रुप लिने भाइरससँग जुध्न कुनै सुरक्षाका उपाय अवलम्बन नगरेकोमा आपत्तिसमेत जनाएका छन् ।

महामारीले बिश्वभरि उग्ररुप लिएकाले केहि दिन शैक्षिक संस्था बिदा गर्नु नै हाम्रो हकमा सतर्कता अपनाउनु हो ।

‘किनकी जीवन रहे पढाई रहन्छ,जीवन नै नरहे पढाई के अर्थ ? कुनै घटना नभए ठिकै हो तर ठुलो परिणाममा महामारीका कारण घटना घट्यो भने त्यसको जिम्मा कसले लिने ?’, उनले सरकारसँग प्रश्न गरे, ‘यसर्थ निजी शिक्षाका ब्यापारीका योजनामा, शैक्षिक सत्रको यो अन्तिम समयमा विद्यार्थी ( अबिभावक संग शुल्क असुल्ने कुरा मुख्य तर बिश्व स्वास्थ्य संगठनको चेतावनी गौण कदापि होईन । तसर्थ जोखिम मोलेर शैक्षिक संस्था सुचारु गर्ने बदनियतपुर्ण कदम गलत छ भन्ने म ठान्छु । सरकारले निजी शैक्षिक संस्थाको भाषा बोल्नु हुदैन । जनताको भाषा बोल्नु पर्छ । सरकारले हचुवाका तालमा होईन तथ्यका आधारमा बोलोस !’