एमालेले साँढे तिन बर्ष देश लुटेको पैसाले नारायणी किनारमा भोज गरिरहेको छ : रन्जित तामाङ


इलाम – अखिल (क्रान्तिकारी)का निवर्तमान अध्यक्ष रन्जित तामाङले देश लुटेको पैसाले एमालेले चितवनमा भोज गरिरहेको आरोप लगाएका छन । नेकपा (माओवादी केन्द्र) माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहिबार सम्बोधन गर्ने क्रममा तामाङले चितवनमा पार्टी अधिवेशन गरिरहेको एमालेमाथि यस्तो आरोप लगाएका हुन ।

साँढे तिनबर्ष जनताको मतको अपमान गर्दै केपी शर्मा ओलीले मजाक गरेर र ठट्टा गरेर बिताएको भन्दै तामाङले ओली नेतृत्वको सरकारको भ्रस्टाचार छानबिन हुनुपर्ने माग समेत गरे । तामाङले भने, ‘केपी ओली सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रस्टाचार गरेको छ र त्यहि देश लुटेको पैसाले नारायणी किनारमा पिकनिक आयोजना गरेर धुलो उडाइरहेको छ । हामी ओली सरकारको पालामा भएको अभुतपुर्व भ्रस्टचारमाथी छानविनको माग गर्दछौं ।’

आफ्नो अधिकांश समय केपी ओली र एमालेको आलोचनामा खर्चेका तामाङले ओलीमाथी गणतन्त्रको संघर्षमा भागेको र गणतन्त्र आइसकेपछि पनि संघियता र गणतन्त्र बिरुद्ध चलखेलको असफल प्रयास गरिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement