विद्यार्थी लुट्ने मेडिकल माफियाहरुको दादागिरी बढ्योः सह–संयोजक तामाङ


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले विद्यार्थीबाट बढी रकम असुल्ने मेडिकल कलेज माफियाहरुलाई कडा कारबाही गर्न सरकारसँग मगा गरेका छन् ।

सहसंयोजक तामाङले सामाजिक सञ्जालमार्फत विद्यार्थी लुट्ने मेडिकल माफिया सामू सरकार निकम्मा साबित भएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘मेडिकल माफियाहरुले विद्यार्थी लुट्ने कर्म छाडेका छैनन्, नियमनकारी निकाय नेपाल सरकार,आयोग निकम्मा साबित भएको छ । नियमनकारी निकायले जवाफदेहिता र उत्तरदायित्व बहन गर्न नसक्दा माफियाहरुको दादागिरि बढेको हो । सरकारले तत्काल बढी शुल्क असुल्ने मेडिकल माफियाहरुलाई कारबाही गरोस ।’

उनले विद्यार्थीबाट विभिन्न बहानामा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरकारसँग माग गरेका छन् । सह–संयोजक तामाङले बढी शुल्क लिने माफयाहरुमािथ ठगी मुद्धा चलाउन पनि सरकारसँग माग गरेका छन् ।

‘बढी शुल्क लिने माफियाहरुलाई ठगी मुद्दा चलाउन माग गर्दछौ । विद्यार्थीबाट बढि असुलिएको शुल्क फिर्ता गराउन माग गर्दछौं’, उनले भनेका छन्, ‘माफियाहरुको ‘धन्धा’ रोक्न सबै सरोकार पक्षहरुलाई प्रतिबाद गर्न पनि आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement