सुदूरपश्चिम सरकारमा सहभागि मन्त्रीलाई आजै फिर्ता हुन अध्यक्ष श्रेष्ठको निर्देशन

सुदूरपश्चिम सरकारमा सहभागि मन्त्रीलाई आजै फिर्ता हुन अध्यक्ष श्रेष्ठको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशमा सहभागि मन्त्रीलाई आजै फिर्ता हुन निर्देशन दिएकी छन् ।

उनले सरकार छाड्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी हुन्। पार्टी कुनै सरसल्लाह नै नगरि शुक्रबार मध्यराति सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोड्न निर्देशन दिएकी हुन्।

शुक्रबार राति मुख्यमन्त्री शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गर्दै राति नै सपथ ग्रहण गराएका थिए ।