राज्‍यमन्त्री चौधरीले आज ५ बजे राजीनामा दिने

राज्‍यमन्त्री चौधरीले आज ५ बजे राजीनामा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पर्यटन राज्‍यमन्त्री अरूण चौधरीले आजै राजीनामा दिने भएका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट राज्‍यमन्त्री बनेका चौधरीले आज अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने भएका हुन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आजै राज्यमन्त्रीको राजीनामा बुझाउने बताइन् ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर हामी प्रतिपक्षमा बस्छौ, प्रधानमन्त्री हुम्लाबाट फर्किएपछि राज्‍यमन्त्रीले राजिनामा बुझाउनु हुनेछ । प्रधानमन्त्री ज्यूले ५ बजेलाई समय दिनुभएको छ’ । उनले काठमाण्डुपाटीसँग भनिन् ।

आइतबार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ।

उक्त पार्टीका सांसद गंगाराम चौधरीसहितको टोली सभामुख घिमिरेलाई भेट्न पुगेका थिए।