सत्ता गठबन्धनको बैठक छाडेर रञ्जिता श्रेष्ठ पुगिन् डिल्लीबजार कारागार

सत्ता गठबन्धनको बैठक छाडेर रञ्जिता श्रेष्ठ पुगिन् डिल्लीबजार कारागार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक चलिरहेको बेला नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी भने बैठक छाडेर बाहिरिएकी छन्।

सर्वोच्च अदालतले जिल्ला उच्च अदालतकै फैसला सदर गरेपछि पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीमाथिको कारबाही यथावत् राख्ने राखेको थियो। त्यही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन निस्किएको बुझिएको छ।

सरकारमा सहभागी दलको बैठक बालुवाटारमा बुधबार बिहान १० बजेदेखि बसिरहेको हो।