नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ पर्यटनमन्त्री बन्‍ने

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ पर्यटनमन्त्री बन्‍ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल हेरफेर गरेर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेका छन् ।

निकटस्थ स्रोतका अनुसार वर्तमान सरकारमा पर्यटनमन्त्री रहेका माओवादी सांसद हितबहादुर तामाङलाई फिर्ता बोलाएर श्रेष्ठलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री दाहालले गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ । बालुवाटार स्रोतले श्रेष्ठलाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि तामाङलाई प्रधानमन्त्री कार्यालयमा रहनेगरि विना विभागीय मन्त्री बनाउने तयारी छ ।

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले पनि आफू मन्त्री विषयमा कुराकानी भए पनि कुन मन्त्रालय लिने र कहिले मन्त्री बन्ने निश्चित नभएको बताइन् । मन्त्रालयको बारेमा कुराकानी नभएको उनको भनाइ थियो ।