संसदबाट रञ्जु दर्शनाले सोधिन्ः सरकारले विद्यार्थीसँग भर्ना शुल्क नलिनु भनेको बढाएर लिनु भनेको हो ?

संसदबाट रञ्जु दर्शनाले सोधिन्ः सरकारले विद्यार्थीसँग भर्ना शुल्क नलिनु भनेको बढाएर लिनु भनेको हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रञ्जु (दर्शना) न्यौपानेले सरकारले भर्ना शुल्क नलिन दिएको निर्देशन विद्यालयहरुले पालना नगरेको भन्दै आपत्ति जनाएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले भर्ना शुल्क नलिनु भने पनि सुन्दा अतिरिक्त शुल्क लिनु भन्ने सुनिएको हो ? भन्दै प्रश्न गरिन् ।

भर्ना शुल्क लिइएको विषयमा दैनिकजसो अभिभावकहरुको गुनासो आउने गरेको उल्लेख गर्दै न्यौपानेले सरकारको ध्यानकर्षण गराइन् ।

‘केही महिनाअघि नेपाल सरकारको एउटा निर्देशन आयो । भर्ना शुःल्क नलिनु, तर त्यसमा अलिकति उल्टो सुनिएको हो कि जस्तो लाग्यो विद्यालयहरुले’, उनले भनिन्, ‘भर्ना शुःल्क नलिनु, तर अन्यअन्य विषयमा बढाएर लिनु भनेर । यो समस्या गम्भी।र रुपमा आइरहेको छ । अभिभावकहरुले दैनिक रुपमा गुनासो गरिरहननुभएको छ । तसर्थ म सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’