रातारात भाइरल बनेकी रानूको जीवनीमा बायोपिक फिल्म बन्दै


एजेन्सी – सन् २०१९ मा रानू मन्डलको एक भिडियो भाइरल भएपछि रातारात स्टार बनिन् । विहान बेलुकाको छाक टार्न वेस्ट बंगालमा संघर्ष गरिरहेकी उनको सुमधुर आवाजले चर्चाको शिखरमा पुर्यायो ।

यसअघि रानुले रेलवे स्टेशनबाट एकैपटक स्टुडियोमा बलिउड गायक हिमेश रेशमियासँग ‘तेरी मेरी हीर’ बोलको गीत गाएकी थिइन् । जसलाई दर्शकहरुले निकै रुचाइरहेका छन् । हिमेशले रानुले गाएको गीत फिल्म ‘ह्याप्पी हार्डी एन्ड हिर’ मा पनि समावेश गर्ने बताएका थिए ।

उक्त गीत रेकर्ड भएपछि अहिले रानुको माग निकै बढिरहेको छ । बलिउड चलचित्रदेखि भोजपूरी चलचित्रका मेकरले समेत उनलाई अफर गरिरहेका छन् ।

 अचानक श्रीमानको मृत्यु भएपछि रानु बेसाहारा बनेकी थिइन् । मुम्बईमा बस्दै आएकी उनी श्रीमानको मृत्यु पछि रानु आफ्नो माइती गाउँ रानाघाट फर्किइन् । फर्किएर उनले गीत गाउन सुरु गरिन । गीत गाएर नै उनी आफ्नो जीवन चलाइरहेकी थिइन ।

अब रानू मन्डलको जीवनीमा फिल्म निर्माण हुने भएको छ । फिल्मलाई ऋषिकेश मन्डलले निर्देशन गर्दैछन् । रानूको बायोपिकमा दक्षिण भारतीय अभिनेत्री इशिका डे लिड रोलमा देखिने भएकी छन् ।

उनले यसअघि अभिनेता सैफ अली खान स्टारर वेव सिरिज ‘सेक्रेड गेम्स’ मा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement