काठमाण्डु – नवनिर्वाचित सांसद्हरूको शपथअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरु पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकतर्फ ४ जना सांसद जितेका छन् ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।
पशुपतिनाथ दर्शन गरेपछि सांसद खुश्बु ओलीले आफूहरूले पशुपतिनाथ मन्दिरमा पुगेर आफ्नो आस्थाअनुसार शपथ लिएको उल्लेख गरेकी छिन् ।
दर्शनपश्चात् नेता शाहीले आगामी दिनमा संसदमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि स्पष्ट पारे। यस्तै सांसद् ताहिर अली काश्मिरी मस्जिद गएर पूजाआजा गरेका छन् ।




प्रतिक्रिया