काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । बैठक आज दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।
राप्रपाले २६ चैतमा प्रदर्शन र सभा आयोजना गरेपनि जिल्ला प्रशासन कार्यालय काठमाण्डुले भृकुटीमण्डपमा राप्रपालाई सभा गर्न नदिने भएपछि बैठक बोलाइएको हो ।
राप्रपाले माग गरेको भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शिक्षक आन्दोलन र अन्य आन्दोलनको कारण देखाउँदै सभा गर्न नदिने जनाउँदै बल्खु वा सिफलमा गर्न बैकल्पिक स्थान तोकिदिएकाे छ ।
बैठकले प्रशासनले भृकुटीमण्डपमा प्रदर्शन गर्ने अनुमति नदिएपछि अब के गर्ने ? भन्ने बारेमा छलफल गर्ने जनाइएकाे छ ।




प्रतिक्रिया