राप्रपाले धर्म निरपेक्षताको ब्यानर जलाउँदा नेता-कार्यकर्ता पक्राउ


काठमाडौं – काठमाडौँको रतनपार्क्स्थित शान्तिबाटिकामा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा प्रहरीले पक्राउ गरेको छ । कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरु सहभागी थिए ।

यसअघि कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताएका थिए । प्रहरीले प्रदर्शनमा सहभागी १४ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। धर्म्निरपेक्षको ब्यानरलाइ अध्यक्ष कमल थापाले आगो लगाएका थिए।

रत्नपार्क्स्थित शान्तिबाटिकामा राप्रपाको विरोधसभापछि ब्यानर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । विरोधसभामा राप्रपाका पक्राउ पर्नेमा युवती कार्की, नानु नगरकोटी, नेताहरु महेश सिंह, जनक फडेरा, त्रिविक्रम सिंह मणि सिंखडा, गुणराज भण्डारी, राम न्यौपाने राजेन्द्र ढुंगेल र जयबीर राउत लगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  राप्रपाले शुक्रबार देशैभर धर्म्निरपेक्ष खारेजीको माग गर्दै प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा हेटौँडा र भैरहवामा राप्रपाका केही नेता कार्यकर्ता घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement