काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्वाभिमान यात्रा जेठ २४ बाट शुरु गर्ने भएको छ। मंगलबार अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए।
दोस्रो चरणको स्वाभिमान यात्रा मुस्ताङबाट शुरु हुने र गोरखा पुगी समापन हुनेछ। बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ’दोश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा जेठ २४ गते मुस्ताङ जिल्लाको मुक्तिनाथबाट प्रारम्भ भई गोरखामा समापन गरिनेछ।’ त्यसैगरी बैठकले सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयककोसमेत विरोध गरेको छ।




प्रतिक्रिया