संसद्‌मा बोल्न नपाएको भन्दै प्रतिनिधिसभामा राप्रपाको विरोध

संसद्‌मा बोल्न नपाएको भन्दै प्रतिनिधिसभामा राप्रपाको विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेका हुन् ।

सभामुख देवराज घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाइरहेका थिए ।

तर, सभामुख घिमिरेले शून्य समय सुरु भएको भन्दै विमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले रोष्ट्रम घेरेका हुन् ।