बलात्कारको आरोपमा पक्राउ परे नेकपा र कांग्रेस नेता

बलात्कारको आरोपमा पक्राउ परे नेकपा र कांग्रेस नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक–एकजना नेता बलात्कारको आरोपमा पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई ३ मंसिरमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल छन् । पोखरेल पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य हुन भने गजुरेल नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य हुन् ।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङले दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोग लागेको बताएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको डीएसपी तामाङले बताए ।