काठमाडौं – कन्सल्टेन्सीमा जागिर लगाइदिने भनेर अन्तर्वार्तामा बोलाई जबर्जस्ती करणी गर्न खोज्ने एक पुरुष र सो घटनामा मिलेमतो रहेका दुई महिला राजधानीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रोहितप्रसाद ढुंगाना, निर्मला शर्मा र मीना रिमाल छन् ।
सिनामंगलस्थित एक कन्सल्टेन्सीमा जागिर लगाइदिने भन्दै निर्मला शर्मा र मीना रिमालले पीडित किशोरीको चिनजान रोहितप्रसाद ढुंगानासँग गराएका थिए ।
उनीहरुले मंसिर ५ मा अन्तर्वार्ताका लागि ती किशोरीलाई बोलाएका थिए । प्रहरीका अनुसार बिहान साढे ८ बजे अन्तर्वार्ता दिन पुगेकी किशोरीलाई पहिले उनीहरुले बानेश्वरको एक खाजाघरमा पु¥याएका थिए ।
खाजा खाइसकेपछि डेरा लगिदिने भन्दै उनलाई ट्याक्सीमा राखेर ढुंगानाले गोदावरी रिसोर्ट पुर्याएका थिए । जबर्जस्ती गर्न खोज्दा प्रतिकार गरेर ती किशोरी उम्किन सफल भई आफन्तको सम्पर्कमा पुगेकी थिइन् ।
प्रहरीले संलग्न तीनै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया