लिफ्ट मागेकी युवती माइक्रोबसभित्रै बलात्कृत


राजविराज- काठमाडौं जान माइक्रोबसमा लिफ्ट मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् ।सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन् ।

ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले जनाएको छ । १७ बर्षीया युवतीले सप्तरी सदरमुकाम राजविराजमा लिफ्ट मागेकी थिइन् । बस स्टाफले माइक्रोमा हालेर नेपाल भारत सीमा क्षेत्रनजिक छिन्नमस्ताको सखडा पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सिरहाको भगवानपुर ९ का चालक वैद्यनाथ दास र बाँकेको राप्तीसोनारी ५ का खेमराज बैसे पक्राउ परेका छन् । मध्यराति १२ बजेको समयमा सीमा क्षेत्रबाट नियमित गस्ती गरेर फर्किरहेको टोलीले शंका लागेर माइक्रो जाँच गर्दा युवतीलाई बलात्कार गरिरहेकै अवस्थामा ती दुईलाई समातेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement